११ भदौ २०८३, बिहिबार | August 27, 2026

होटल पौवाको आठौं शाखा गुल्मीमा, रेसुङ्गाको महत्त्वलाई अन्तरास्ट्रियकरण गरिने



गुल्मी । पाैवा रिसाेर्ट प्रालीले आफ्नाे आठाै सेवा गुल्मीको धार्मिक स्थल रेसुङ्गावाट शुरु गरकाे छ ।

साेमवार बिहान रेसुङ्गामा पत्रकार सम्मेलन गरी पौवाले आफ्नाे सेवा सुभारम्भ गरेकाे जानकारी दिएकाे हाे ।

पाैवाले रेसुङ्गावाट १ बर्षकाे मेहनतपछि सेवा सुभारम्भ गरेकाे हाे ।

रेसुङ्गालाई विश्वमा परिचत गराउनुका साथै पर्यटनहरुलाई यहाँ उपस्थित गराउन पाैवा रिसाेर्टले महत्वपूर्ण भुमिका निभाउने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

रेसुङगा,पाल्पा, बुटवल, भैरहवा, गाेरुसिङ्गे, भालुवाङ, लमही, जुम्लाबाट सेवा दिँदै आएकाे पाैवाले देशभरवाट आफ्नाे सेवा दिने लक्ष्य रहेकाे पाैवाका सञ्चालक ध्रुवराज न्याैपानेले जानकारी दिए ।

श्रद्धालु भक्तजनलाई रेसुङ्गा ल्याउनुका साथै यहाँको पर्यटकीय क्षेत्रलाई लक्षित गरी अन्य पर्यटकहरूलाई समेत पाैवा रिसाेर्ट रेसुङ्गामा ल्याइने न्याैपानेले बताए ।

पाैवाले रेसुङ्गालाई नै राेज्नुकाे प्रमुख कारण यहाँको धार्मिक एवं पर्यापर्यटन विकास नै भएको अध्यक्ष दुर्गा भण्डारीले बताए।

तम्घास आएका पर्यटकलाई रेसुङ्गा पुगौं भन्ने र आउन चाहाना भएमा सेवा समेत दिने उहाँको भनाई छ। छिट्टै पाैवाले रेसुङगा घुम्ने प्याकेज समेत निर्माण तयारी रहेकाे पाैवा रिसाेर्टका सञ्चालक शरण कर्मचार्यले बताए ।

२५ वर्षका लागि पाैवा रिसाेर्टले २५ राेपनी जग्गा प्रयाेग गर्ने गरी रेसुङ्गा नगरपालिकासँग सम्झौता गरेकाे छ ।

२५ बर्षपछि यहाँ निर्माण गरेका सवै संरचना रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रवन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

रेसुङ्गाबाट आफ्नाे सेवा सुभाम्भ गरेकाे पाैवा रिसाेर्टले कात्तिक २२, २३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी रहेकाे छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ४३ बजे

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली