४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालको भूमि अतिक्रमण गरेका छैनौं : चिनियाँ विदेश मन्त्रालय



काठमाडौं । चीनले नेपालको कुनै पनि भूमि नमिचेको पुन: स्पष्ट पारेको छ ।

चिनियाँ विदेशमन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमाप्रवक्ता वाङ वेनविनले ‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको’ स्पष्ट पारेका हुन् ।

सोमबार ‘द टेलिग्राफ’ले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको समाचार प्रकाशित गरेको थियो  ।

केही समयअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनले हुम्लामा सीमा मिचेको आरोप लगाएको थियो  । सोही आधारमा नेपाल भित्र र बाहिरका विभिन्न पत्रपत्रिकामा चीनले नेपालको सीमा अतिक्रमण गरेको समाचार प्रकाशित हुँदै आएको छ ।

द टेलिग्राफको समाचारको खण्डन गर्दै चिनियाँ विदेश प्रवक्ता वेनविनले आफ्नो देशले नेपालको नमिचेको बताएका हुन् ।

उनले समाचार प्रकाशित गर्ने संस्थाले नै प्रमाण पेश गर्नुपर्ने जनाएका छन् ।

नेपाल सरकारले भने यसअघि नै चीनले सीमा अतिक्रमण नगरेको स्पष्ट पारेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ४ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको