२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मुस्ताङको नेचुङमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण सुरु



मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका १, छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) को भवन निर्माण सुरु भएको छ ।

गृह मन्त्रालयका सचिव महेश्‍वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक रामशरण बस्नेतले बुधबार भवनको शिलन्यास गरे ।

नेचुङमा रहेको ३३ रोपनीमा निर्माण हुने मौसम अनुकूलित भवन पाँच करोड ६५ लाखको लागतमा ११ महिनामा निर्माण पूरा गरिने सशस्त्र प्रहरीका गुल्मपति आनन्द थापाले बताए । सीमावर्ती क्षेत्रमा हुने सम्भावित अपराध नियन्त्रण, सीमा सुरक्षा र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन गत जेठमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको थियो ।

सुरक्षाकर्मीलाई नेचुङ भन्सारको क्‍वारेन्टिनमा व्यवस्थापन गर्ने गरी सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० सुरक्षाकर्मी खटाइएको थियो । बीओपी स्थापना भएको ६ महिनापछि भवन निर्माण सुरु भएको हो ।

मुस्ताङस्थित कोरला नाका सञ्‍चालन गर्ने लक्ष्यअनुसार २०७३ मा सशस्त्र प्रहरीसहित नेपाली सेनालाई लुङ्खुफाटमा एक हजार २७१ रोपनी, भन्सार कार्यालयलाई १०९ रोपनी, जनपथ प्रहरीलाई १३ रोपनी र अध्यागमनका लागि १२ रोपनी जग्गा उपलब्ध भएको थियो ।

कोरला नाकादेखि करिब १२ किलोमिटर नेपालतर्फ रहेको नेचुङमा भएको जग्गा उपयुक्त नभएको भन्दै पछिल्लो समय कोरला नाकाको सीमा क्षेत्रमा भन्सारलगायत पूर्वाधार निर्माण गर्न पुनः एक हजार रोपनी छुट्याइएको छ । यसअघि लोमान्थाङको लुङ्खुफाटमा नेपाली सेनाको शिविरसमेत स्थापना भइसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  १० : ३७ बजे

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति