२९ भदौ २०८३, सोमबार | September 14, 2026

गुणस्तरयुक्त सेवा प्रदान गर्न नेपाल टेलिकमलाई संञ्चारमन्त्रीको आग्रह



काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा प्रदान गरी १०३ वर्षे सेवाको इतिहास जोगाउन आग्रह गरेका छन् ।

टेलिकमद्वारा आयोजित आफ्नो स्वागत समारोहमा मन्त्री गुरुङले मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीको गरिमालाई कायम राख्दै गुणस्तरीय सेवा प्रवाहमा नचुक्न सम्बद्ध अधिकारीलाई आग्रह गरेका छन् ।

“दूरसञ्चार सेवालाई भरपर्दो बनाउनुपर्ने प्रमुख आवश्यकता छ”, मन्त्री गुरुङले भने, “दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिन सक्यौँ कि सकेनौँ त्यसको लेखाजोखा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ ।”

टेलिकमलाई आफ्नो पहिचान जोगाएर आवश्यक रणनीतिका साथ अघि बढ्न मन्त्री गुरुङले सुझाव दिए ।

उनले सेवाग्राही कति छन्, तर्जुमा गरेका कार्यक्रम लागू भए कि भएनन् भने किन गरिएन भन्ने कुराको समीक्षा जरुरी रहेको बताउँदै भने, “फोरजी सेवाका बारेमा आलोचना सुनिँदै आएको छ, हामी कहाँ अड्किरहेका छौँ, समस्या के हो, यकिन गर्नुहोस्, कतै दुरुपयोग भएको रहेछ भने त्यसको पहिचान पनि गर्नु, मन्त्री गुरुङले भने ।

सूचना महामार्ग बनाउने योजनाका विषयमा नयाँ रणनीतिका साथ अघि बढ्न र विगतमा गरिएको प्रतिबद्धता पूरा गर्न उनले आग्रह गरे ।

सबै पालिका र विद्यालयमा ब्रोडब्याण्ड पु¥याउने, फोरजी सेवा विस्तार गर्ने र भूउपग्रह स्थापनाका लागि कार्य अघि बढाउने विषय कार्यसम्पादन सम्झौतामा उल्लेख भएको स्मरण गराउँदै मन्त्री गुरुङले त्यसको अक्षरशः कार्यान्वयनमा लाग्न पनि निर्देशन दिए ।

सबै पालिकामा इन्टरनेट पु¥याउन सकियो भने मात्रै पनि ठूलो उपलब्धि हुने उनको भनाइ थियो । उनले टेलिकमको समग्र विकासका लागि रुपान्तरित कार्ययोजना बनाउन आग्रह गरे ।

यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मन्त्री गुरुङसामु कार्यालयले हालसम्म गरेका गतिविधि र भावी कार्ययोजनाबारे जानकारी गराए । समारोहमा कर्मचारीको विनियमावली नआउँदा वृत्ति विकास लगायत गतिविधि रोकिएकाले सहजीकरण गर्न मन्त्री गुरुङलाई निर्देशक अधिकारीको अनुरोध छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : ४२ बजे

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार