६ श्रावण २०८३, बुधबार | July 22, 2026

डोनाल्ड ट्रम्पलाई सत्ताच्यूत गर्ने निर्णायक राज्य नेभाडाको के छ स्थिति ? जीतको नजिक बाइडेन



न्यूयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको ४ बर्षे कार्यकाललाई सत्ताच्यूत गर्न बाइडेन जीतको नजिक पुगेका छन् ।

सवैले चासोको रुपमा हेरिरहेको राज्य नेभाडामा जो बाइडेनले जीतेमा ट्रम्पको ४ बर्षे कार्यकाललाई विदा गरी ह्वाइट हाउस प्रवेशका लागि बाटो खुल्ने छ ।

७५ प्रतिशत मत गणना भइसकेको नेभाडामा बाइडेनले अग्रता कायम गरिरहेका छन् । नेभाडाको बाँकी मत परिणाम अबको केहीघण्टामा मात्र आउने भएको छ । २०१६ को चुनावमा नेभाडामा हिलारी क्लीन्टनले जीतेकी थिइन् ।

नेभाडामा व्यक्ति उपस्थित भएर गरिएका अग्रिम मतदानका सबै मत गणना भइसकेका छन् । त्यस्तै चुनावको दिन हालिएका मत पनि गणना भइसकेका छन् । नोभेम्बर २ सम्म हुलाकबाट प्राप्त मतहरु पनि गणना भइसकेको जनाइएको छ ।

बाँकी मतपत्रहरु गणनाको परिणाम न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजे सार्वजनिक गरिने भएको छ । नेभाडामा झण्डै ६ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् ।

यस्तै सबैले व्यग्ररुपमा रहेका बाँकी राज्य नेभाडा, जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियाको नतिजा प्रतिक्षा गरिरहेका छन् । नेभाडामा ६, जर्जियामा १६, नर्थ क्यारोलिनमा १५ र पेन्सिलभेनियामा २० इलेक्टोरल मत रहेको छ ।

जर्जियामा मतगणना लगभग समाप्त भएको छ । फुल्टन काउन्टीमा मतगणना समाप्त भएको छ । झण्डै १ लाख ३२ हजार मतगणना गरिएको छ । त्यसको नतिजा न्युयोर्क समय अनुशार विहान ११ बजे सार्वजनिक गरिनेछ ।

अहिलेसम्मको मतपरिणाम अनुसार जर्जियामा डोनाल्ड ट्रम्पले कायम गरिरहेका छन् । तर फुल्टन काउन्टीमा झण्डै ८० प्रतिशत मत बाइडेनका पक्षमा खसेको बताइएको छ । विदेशमा रहेका सेनाका सदस्यले गरेका मतहरु गणना गर्न अझै बाँकी रहेको छ ।

उता नर्थ क्यारोलिनाको पनि पूर्ण नतिजा आउन समय लाग्ने भएको छ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न सकिनेछ । तर झण्डै ९४ प्रतिशत मतगणना भइसकेको छ । नर्थ क्यारोलिनामा ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

पेन्सिलभेनियामा ८९ प्रतिशत मत गणना गरिएको छ भने परिणाम सार्वजनिक गरिएको छैन । थप परिणाम आगामी घण्टाहरुमा आउने बताइएको छ ।

पेन्सिलभेनियामा शुक्रबारसम्म हुलाकबाट आएका मतपत्रहरु गणना गरिनेछ । त्यसैले शतप्रतिशत मत गणनाका लागि शुक्रबारसम्म कुर्नुपर्नेछ । पेन्सिलभेनियामा अझै झण्डै साढे ७ लाख मतगणना गर्न बाँकी रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ९ : ११ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज