६ श्रावण २०८३, बुधबार | July 22, 2026

विहारमा एनडीएकै सरकार बन्ने, ठूलो पार्टी बने पनि तेजस्वी विपक्षी बेञ्चमै सीमित



भारतको विहार राज्यमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएकै सरकार बन्ने भएको छ ।

कुल २४३ सिटमध्ये १२५ सिट हासिल गरेपछि एनडीएका लागि फेरि सरकार बनाउन सहजै बाटो खुलेको छ ।

विहारमा पहिलोपटक मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड भन्दा बीजेपी ठूलो पार्टी बनेको छ । यद्यपी, पूर्व समझदारी अनुसार मुख्यमन्त्री भने पुनः नितिश कुमार नै बन्नेछन् । बीजेपीले पहिलो पटक ७४ सिट जितेको छ भने जेडीयू ४३ सिटमा खुम्चिएको छ ।

विपक्षमा सबैभन्दा ठूलो पार्टी बन्न सफल तेजस्वी यादवको आरजेडीसहित काँग्रेस, वामपन्थी र अन्य केही साना दलको महागठबन्धन बन्नेछ । आरजेडीले एक्लै ७५ सिट प्राप्त गरेको छ भने काँग्रेसले १९ र वामपन्थी दलहरुले १५ सिटमा जित हासिल गरेका छन् ।

मंगलबार भएको मतगणनाको सुरुवाती चरणमा तेजस्वी यादवको महागठबन्धन अगाडि देखिए पनि पछि बीजेपी नेतृत्वको एनडीए नै अगाडि गएको थियो ।

एनडीए गठबन्धनमा अहिलेसम्म नितिश कुमारलाई विग ब्रदर भनिने गथ्र्यो । तर, मतपरिणामले नितिशको पार्टीलाई तेस्रो दलमा खुम्चाइदिएको छ ।

एनडीएमा ठूलो पार्टी बन्दा पनि वीजेपीका बिहार अध्यक्ष सुशील मोदीका लागि भने मुख्यमन्त्री पद प्राप्त नहुने भएको छ । वीजेपीले यसअघि नै नितिश कुमारलाई चौंथोपटक मुख्यमन्त्रीका लागि समर्थन दिइसकेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ०१ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज