४ पुस २०८२, शुक्रबार | December 20, 2025

रहरले प्रधानमन्त्री भएको हैन, पाँचै वर्ष सरकार चलाउँछु : प्रधानमन्त्री ओली



धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् ।

संखुवासभाको किमाथांका नाका, विओपी र जोगवनी खाँदबारी किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै पदबाट राजीनामा दिने कुरा समेत नभएको स्पष्ट पारेका छन् ।

ओलीले सरकार र पाटीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको पनि उनले दाबी गरे ।

‘जनताले आवश्यकता देखेर देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको  हुँ’, ओलीले भने ‘५० बर्ष अघिदेखि टुटेफुटेको पाटी मिलाउदै अहिले यहाँसम्म पुगेका छौं । पार्टीभित्रको विवाद समाधान गरेर पाँच वर्ष  चलाउँछु ।

‘बिहानै उठ्यो सरकार परिवर्तन, दिउँसो परिवर्तन’, जतिबेला पनि सरकार परिवर्तनको कुरा सुनेको बताउँदै ओलीले सरकार परिवर्तन हुने कुराको पछि नलाग्न सबैलाई आग्रह गरे ।

त्यसक्रममा  प्रधानमन्त्री ओलीले जोगवनी-खाँदबारी किमाथांका सडक सुरक्षित भएको पनि बताए ।

प्रधानमन्त्री ओलीले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासमा पछि नहट्ने बताए

ओलीले यो सडक निर्माण भए चीनसँगको व्यापार झनै बढ्ने बताए । यो सडक खण्ड अब तुरुन्तै निर्माण सकिने र चीनबाट सहज ढंगले व्यापार सुरु हुने पनि उनले बताए ।

नेपालका लागि अत्यन्तै महत्वपूर्ण बाटो जोगवनी किमाथांका भएको बताए ।

ओलीसँगै भौतिक योजना मन्त्री वसन्त नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संघीय सांसद राजेन्द्र गौतम लगायत प्रदेश सांसदहरु पनि सहभागी थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको