१४ असार २०८३, आइतबार | June 28, 2026

रहरले प्रधानमन्त्री भएको हैन, पाँचै वर्ष सरकार चलाउँछु : प्रधानमन्त्री ओली



धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् ।

संखुवासभाको किमाथांका नाका, विओपी र जोगवनी खाँदबारी किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै पदबाट राजीनामा दिने कुरा समेत नभएको स्पष्ट पारेका छन् ।

ओलीले सरकार र पाटीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको पनि उनले दाबी गरे ।

‘जनताले आवश्यकता देखेर देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको  हुँ’, ओलीले भने ‘५० बर्ष अघिदेखि टुटेफुटेको पाटी मिलाउदै अहिले यहाँसम्म पुगेका छौं । पार्टीभित्रको विवाद समाधान गरेर पाँच वर्ष  चलाउँछु ।

‘बिहानै उठ्यो सरकार परिवर्तन, दिउँसो परिवर्तन’, जतिबेला पनि सरकार परिवर्तनको कुरा सुनेको बताउँदै ओलीले सरकार परिवर्तन हुने कुराको पछि नलाग्न सबैलाई आग्रह गरे ।

त्यसक्रममा  प्रधानमन्त्री ओलीले जोगवनी-खाँदबारी किमाथांका सडक सुरक्षित भएको पनि बताए ।

प्रधानमन्त्री ओलीले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासमा पछि नहट्ने बताए

ओलीले यो सडक निर्माण भए चीनसँगको व्यापार झनै बढ्ने बताए । यो सडक खण्ड अब तुरुन्तै निर्माण सकिने र चीनबाट सहज ढंगले व्यापार सुरु हुने पनि उनले बताए ।

नेपालका लागि अत्यन्तै महत्वपूर्ण बाटो जोगवनी किमाथांका भएको बताए ।

ओलीसँगै भौतिक योजना मन्त्री वसन्त नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संघीय सांसद राजेन्द्र गौतम लगायत प्रदेश सांसदहरु पनि सहभागी थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : १८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा