१३ श्रावण २०८३, बुधबार | July 29, 2026

मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक लगाउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बुधबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औँ बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो बिक्री वितरणलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो ।

विभागले एलइडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहिन एलइडी बल्बको प्रयोग बढेकाले मापदण्ड तोकिएको जानकारी दिए ।

“६ महिनाभित्र मापदण्ड पुरा नगर्ने बल्ब बिक्रीमा रोक लगाउँछौँ,” उनले भने । विभागका अनुसार विजुलीको खपतको समेत मापदण्ड बनेको छ ।

एलइडी बल्बमा आँखाकलाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्डमा छ । विश्वव्यापीरुपमै आँखाको ज्योतिलाई कुनै असर नगर्ने बल्ब उत्पादन भइरहेको विभागले जनाएको छ । रासस

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ०० बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०