७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एमसीसी संशोधनका विषयमा अमेरिकासँग कुरा गर्छु : प्रस्तावित राजदूत खतिवडा



काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताएका छन् ।

संघीय संसद अन्तरगतको संसदीय सुनुवाई समिति (संयुक्त) मा डा. खतिवडाले विगतमा आफु निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताए ।

एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरुलाई सच्याउने र फरक बुझाईका विषयमा स्पष्ट पार्न सहजिकरण गर्ने उनले जनाए ।

सुनुवाईका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने प्रतिवद्धता जनाए ।

अमेरिकाले एमसीसी परियोजना लागु गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरु त्यहाँका अधिकारीहरु समक्ष पु-याएर सहजिकरण गर्न सकिने उनले बताए ।

उनले भने ‘ हाम्रो नेपालमा विकासको मात्र स्वार्थ छ त्यो भन्दा अरु कुनै स्वार्थ छैन भनेर अमेरिकाले भनिरहेको छ । नेपालमा उठेका कुराहरु त्यहाँ लगेर छलफल गरेर यी कुराहरु यस्तो भन्दा उहाँहरुको पनि समझदारी बनाउन सकिन्छ ।’’

अहिले नेपालमा युएसएआडीको पनि ठूलो सहयोग गरिरहेको उल्लेख गर्दै खतिवडाले त्यो सहयोगलाई नेपालको हित, प्राथमिकता र राष्ट्रि बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने पनि बताए ।

आफुविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमि कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफु कमजोर नभएको दाबी गरे । २० औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा काम गर्दा कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुरु गर्नु सामान्य भएको उनले बताए ।

खतिवडाले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गरे । कर प्रणाली लगायतमा केही गलत भएको भए छानबिन गर्न आग्रह गर्दै उनले भने, ‘‘कहिले काँही असल नियतले काम गर्दा गल्ति भएको हुन सक्छ । कहिले नियतै खराव भएर पनि काम गरेको हुन सक्छ । यो पदमा रहँदा मात्र हैन पदपछि व्योहोर्नुपर्ने कुरा हो । मैले गरेको कामको जवाफेहिता मैले लिन्छु । अर्थमन्त्रीको कार्यकाल सकियो भनेर मैले उन्मुक्ति पाउँदैन ।’’

पूर्वअर्थमन्त्री समेत रहेका खतिवडाले आफुले अमेरिकाको राजदूत हुन कहिले पनि सरकारसँग प्रस्ताव नगरेको जनाए । संघीय सरकारको मन्त्री समेत भइसकेको व्यक्ति राजदूतका लागि जानु प्रोटोकलले मिल्छ भन्ने सांसदको प्रश्नमा उनले संघका मन्त्रीहरु प्रदेशमा गएर मन्त्री बनेको तर्क गरे ।

खतिवडाले प्रोटोकल भावना, कानूनी र मर्यादाको कुरा भएको उल्लेख गर्दै कतिपय मन्त्री भएका व्यक्तिहरु राजदूत भएको जनाए ।

अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडाले नेपालको स्वाधिनता, सुरक्षा र राष्ट्रिय हित दिगो शान्तिका लागि कुटनीतिक सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न दुई पक्षीय र बहुपक्षीय सहयोग जुटाउन भूमिका खेल्ने पनि प्रतिवद्धता जनाए । नेपालमा बाह्य लगानीको आश्यकता रहेकाले उच्च सम्भावना भएका क्षेत्रमा विदेशी लगानी ल्याउन प्रोत्साहन गर्ने, नेपाल र अमेरिकाबीच भन्साररहित ब्यापारको सुविधा रहेकाले त्यसको भरपुर उपयोग गर्नेतर्फ सहयोग गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ४ : ५५ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा