२९ भदौ २०८३, सोमबार | September 14, 2026

एनआईसी एशिया बैंकको वार्षिक साधारणसभा मंसिर २१ गते



काठमाडौ । एनआईसी एशिया बैंकले २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते गर्ने भएको छ ।
बैंकको मिति २०७७/७/२६ गते बसेको ४६२ औं संंचालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा २०७७ मंसीर २१ गते काठमाडौं थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा गर्ने भएको हो ।

बैंकको २३ औं वार्षिक साधारण सभामा आ.व. २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै गत आ.व. को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । वार्षिक साधारण सभालाई ध्यानमा राखी २०७७/०८/१० देखि २०७७/०८/२१ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनीहरूलाई  Meeting ID तथा Password उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

यसरी उपस्थित शेयरधनीहरुले साधारण सभामा आफ्नो मन्तव्य राख्ने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ । यसरी साधारण सभामा सहभागी भई मन्तव्य राख्न चाहनु हुने शेयरधनी महानुभावहरूले सभा सुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको शेयर प्रमाणपत्र/डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी कम्पनी सचिवको इमेल ठेगाना [email protected]मा ईमेल वा ९८५१२४५९१५ WhatsApp गर्नुपर्नेछ ।

कोरोना भाइरसको विषम परिस्थितिकाबीच सावधानीका साथ आयोजना हुन लागेको यस साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत आफ्नो दरिलो उपस्थिति जनाई भव्य रुपमा सफल बनाउनु हुन बैंक सम्पूर्ण शेयरधनी महानुभावहरूमा हार्दिक आह्वान गर्दछ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ६ : ४४ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा