२ पुस २०८२, बुधबार | December 18, 2025

एनआईसी एशिया बैंकको वार्षिक साधारणसभा मंसिर २१ गते



काठमाडौ । एनआईसी एशिया बैंकले २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते गर्ने भएको छ ।
बैंकको मिति २०७७/७/२६ गते बसेको ४६२ औं संंचालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा २०७७ मंसीर २१ गते काठमाडौं थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा गर्ने भएको हो ।

बैंकको २३ औं वार्षिक साधारण सभामा आ.व. २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै गत आ.व. को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । वार्षिक साधारण सभालाई ध्यानमा राखी २०७७/०८/१० देखि २०७७/०८/२१ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनीहरूलाई  Meeting ID तथा Password उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

यसरी उपस्थित शेयरधनीहरुले साधारण सभामा आफ्नो मन्तव्य राख्ने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ । यसरी साधारण सभामा सहभागी भई मन्तव्य राख्न चाहनु हुने शेयरधनी महानुभावहरूले सभा सुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको शेयर प्रमाणपत्र/डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी कम्पनी सचिवको इमेल ठेगाना [email protected]मा ईमेल वा ९८५१२४५९१५ WhatsApp गर्नुपर्नेछ ।

कोरोना भाइरसको विषम परिस्थितिकाबीच सावधानीका साथ आयोजना हुन लागेको यस साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत आफ्नो दरिलो उपस्थिति जनाई भव्य रुपमा सफल बनाउनु हुन बैंक सम्पूर्ण शेयरधनी महानुभावहरूमा हार्दिक आह्वान गर्दछ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ६ : ४४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल