११ श्रावण २०८३, सोमबार | July 28, 2026

पर्वत बेनीमा कृषि बजार खुल्दा म्याग्दी बेनीका उपभोक्तालाई सहज



बेनी । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका( ४ मोहनचोकमा कृषि र पशुजन्य वस्तुको कृषि बजार खुलेपछि म्याग्दी बेनीका उपभोक्तालाई सजिलो भएको छ ।

जलजला कृषक समूहले म्याग्दी बेनीका उपभोक्तालाई लक्षित गर्दै मोहन चौकमा कृषि बजार स्थापना गरेर कृषि उपज खरिद बिक्री सुरु भएको हो ।

ग्रामीण कृषकले उत्पादन गरेका कृषि उत्पादनले बजार र मूल्य नपाउने तथा उपभोक्ताले महँगोमा किन्नुपर्ने समस्या हटाउन कृषि बजार सञ्चालनमा ल्याईएको समूहका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिएका छन् । सो समूहले जलजला गाँउपालिकाका ९ वटै वडाका कृषक मिलेर बजार सञ्चालनमा ल्याएको जनाएको छ।

तरकारीबाट खरिद बिक्री सुरु गरेको समूहले दूध, कुखुरा, खसीबोका र फलफूलको पनि व्यापार सुरु गर्ने बताएको छ । हाज समूहले कृषकले ल्याएको तरकारी संकलन गरेर बेनी, कुश्मा र बाग्लुङका बजारमा पठाउने गरेको छ ।

कृषि बजार सञ्चालन भएपछि डोकामा तरकारी बोकेर व्यापारीका घरदैलो चाहर्नुपर्ने बाध्यता हट्नुका साथै समय बचत भएको कृषकहरुले बताएका छन् ।

तीन करोडको सेयर पुँजीबाट कम्पनी सञ्चालन गर्न समूहले सेयर संकलन सुरु गरेको अध्यक्ष आचार्यले बताए । समूहमा तीन सयभन्दा बढी कृषक समूहमा आबद्ध गराइएको उनले जानकारी दिए ।

आचार्यका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २७ लाख ६० हजार र समूहको चार लाख ८७ हजार एक सय २६ रुपैयाँमा कृषि उपज संकलन, भण्डारण, बिक्री तथा कार्यालय प्रयोजनका लागि चार सटरसहितको दुई भवन बनाइएको छ ।

यसैगरी खसीबोकाको खोर, आवास भवन र वधस्थल पनि निर्माण गरिएका छन् । घेराबार र पर्खाल निर्माण गर्न जलजलाले १२ लाख ७५ हजार तथा समूहले दुई लाख २५ हजार लगानी गरेको उपाध्यक्ष कुशल जिसीले जानकारी दिए ।

जलजलाको नाग्लिवाङ, बनौ, धाइरिङ, शालिजा, लेखफाँट, मल्लाज र बाँसखर्क तरकारी, सुन्तला र आलु खेतीको पकेट क्षेत्र हो । यहाँका स्थानीयले व्यावसायिक गाईंभैसी, बाख्रा र कुखुरापालनलाई आम्दानीको स्रोत बनाएका छन् ।

कृषकको सुविधाका लागि कृषि बजार सञ्चालन गर्न गाउँपालिकाले सहयोग र सहजीकरण गरेको जलजला(४ का वडाध्यक्ष भीष्म मल्लले बताए । मोहनचोकमा कृषि बजार सञ्चालन भएपछि कृषकले उचित मूल्य र उपभोक्ताले सस्तोमा ताजा तथा गुणस्तरीय उत्पादन उपभोग गर्न पाएको वडा अध्यक्ष मल्लले दाबी गरे ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : १५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला