८ पुस २०८२, मंगलबार | December 23, 2025

दाङको लमहीमा ट्रमा सेन्टर बनाउन बोलपत्र आह्वान



दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन बोलपत्र आह्वान भएको छ ।

‘ट्रमा’ बिरामीको उपचार हुने सुविधासम्पन्न अस्पताल नहुँदा भएको अप्ठेरो अन्त्य गर्न लमही नगरपालिका–१मा ट्रमा सेन्टर बनाउने विषय टुङ्गोमा पुगेको छ ।

दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको ट्रमा सेन्टर बनाउने योजनाले मूर्तरुप लिएको छ । ४० करोडको लागतमा सो सेन्टर बनाउन शहरी विकास तथा भवन कार्यालय दाङले बोलपत्र आह्वान गरेको छ ।

चार तल्लाको भवनमा आकष्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना गरिने कक्ष हुनेछन् । छ महिनाभित्र पूर्वाधार खडा गर्ने र जतिसक्यो छिटो काम अगाडि बढ्नेछ ।

“देउखुरीबासीले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको अप्ठेरोको अन्त्य गर्न, विभिन्न दुर्घटनामा परेर मृत्युको मुखमा पुगेकालाई नयाँ जीवन दिन ट्रमा सेन्टरको आवश्यकता परेको हो”, प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भने ।

पूर्वपश्चिम राजमार्ग धेरै दुर्घटना हुने सडकभित्र पर्छ । प्रदेशको स्थायी राजधानीको टुङ्गो लागेसंँगै यसको महत्व झन् बढेर गएकाले देउखुरीमा राख्ने सहमति भएको शर्माले जानकार िदिए । यसले सिङ्गो प्रदेशका नागरिकलाई नयाँ जीवन दिनका लागि भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना र सामाजिक विकासमन्त्री एवं शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुखलगायत यसमा भूमिका रहेको जनाइएको छ ।

 

कस्ता बिरामीको उपचार हुन्छ ?

ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेलाई नयाँ जीवन दिने ठाउँ हो ।

सामान्यतया सवारी दुर्घटना, रुखबाट खसेर चोटपटक लाग्दा, माटाको ढिस्कामा पुरिएर घाइते भएका र आकष्मिक रुपमा हुने दुर्घटनाका बिरामीको उपचारका लागि ट्रमा सेन्टर आवश्यक पर्छ ।

राजमार्गमा हुने सवारी दुर्घटनामा परेर घाइते भएकाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अब हट्ने बताइएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : ०६ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई