१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पार्टी निर्णयलाई सबैले स्वीकार गरे समस्या समाधान हुन्छ : नेता नेपाल



काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुने बताएका हुन् । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने नेपालले जनाए ।

बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले स्पष्ट पारे । उनले भने, ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरु आउँछन, आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउनुपर्छ ।’

पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताए । पार्टीको अनुशासनमा बाधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरुलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने उनले जनाए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ४५ बजे

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन