१९ बैशाख २०८३, शनिबार | May 2, 2026

एनआईसी एशियाले सार्वजनिक गर्यो पहिलो त्रैमासिक वित्तीय विवरण, खुद नाफा १ अर्ब २ करोड



काठमाडौ । एनआईसी एशिया बैंकले आ.व २०७७/७८ को पहिलो त्रैमासमा १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले आ.व. २०७७/७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको जनाएको हो ।

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

COVID-19 को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि बैंकले पहिलो त्रैमासका वार्षिक प्रति शेयर आम्दानी रू. ४२.१४ आर्जन गर्न सफल भएको छ ।

बैंकको स्व–पुँजीमा प्रतिफल (RoE) २२.९६ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

बैंकको प्रथम त्रैमाससम्ममा कर्जातर्फ रू. २९.८ अर्बले वृद्धि भई कुल कर्जा रकम रू. २०३.६ अर्ब पुगेको छ ।

जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब १२९ अर्बको कुल वृद्धिमा यस बैंकले २३ प्रतिशतको हिस्सा रहेको छ । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ रू.३६.०६ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २४४.८७ अर्ब पु¥याउन बैंक सफल भएको छ ।

जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब १७२ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा २१ प्रतिशत रहेको छ । साथै बैंकको कुल निक्षेप रकममा व्यक्तिगत निक्षेपको हिस्सा ६४ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको हिस्सा ३४ प्रतिशत रहेको छ ।

यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्ष अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस त्रयमाससम्ममा ०.४० प्रतिशतमा झार्न बैंक सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ ।

सोही अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।

बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.२५ प्रतिशत मात्रै रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ ।

साथै बैंकको कुल कर्जामा ५ करोड रूपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश ७८.८५ प्रतिशत रहेको छ । जुन बैंकिङ्ग क्षेत्रहरूमध्ये उत्कृष्टमा पर्छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ ।

जसको परिणाम स्वरूप प्रमुख १० निक्षेपकर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केवल १३.३४ प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ ।

बैंकद्वारा आ.व. २०७६/७७ को लागि हालसम्म आफ्नो लाभांश सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश २१ मंसीर २०७७ मा सम्पन्न हुन गइरहेको बैंकको २३ औं वार्षिक साधारण सभाले स्वीकृत गर्ने एजेन्डा रहेको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : २२ बजे

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता हुँदै

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका