१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

महासंघको निर्वाचनमा ढकाल प्यानललाई प्रदेश नम्वर १ को पूर्ण समर्थन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि देशव्यापी चुनावी दौरानमा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई एक नम्बर प्रदेशका जिल्ला तथा नगर अध्यक्षहरुले पूर्ण समर्थन गरेका छन् ।

प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका हुन ।

निर्वाचन अभियान अन्तर्गत बिहिबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उनोे टिमका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरुलाई स्वागत गर्दै १ नम्बर प्रदेशका १७ भन्दा बढी जिल्ला नगर अध्यक्षहरुले उक्त कुरा बताएका हुन् ।

सो कार्यक्रममा उपस्थित नभए पनि मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।

‘बिहिबार धरानको भेडेटारमा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका अधिकांश जिल्ला तथा नगरअध्यक्षहरुले अहिलेको अवस्थामा ढकाल नेतृत्वको टीमले मात्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्नेछ भन्दै जिल्ला दौडाहामा रहेको ढकाल प्यानललाई स्वागत तथा जीतको अग्रिम बधाई दिएका थिए ।

यसअघि महासंघका धेरै अध्यक्षहरु भएपनि उनीहरुले आफ्नो कार्यकाल बिताएर रिटायर्ड भएर जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वास्ता नगरेको र हालसम्म पूर्व अध्यक्ष चन्डीराज ढकालले मात्रै समस्या समाधानका लागि खटेको भन्दै उनले समर्थन गरेको टीमलाई आफुहरुले जिताउने जिल्ला नगरको अध्यक्षहरुलले प्रतिवद्धता जाहेर गरेका थिए ।

साथै यसअघिका अध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या पर्दा फोन समेत नउठाएको गुनासो गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सहज रुपमा भेट दिँदै जिल्ला नगरका उद्योगी व्यवसायीको समस्या समाधान गर्दैै आएकाले आफुहरुमाथि ढकाल प्यानललाई जिताउनु पर्ने दायित्व रहेको बताएका थिए ।

कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले देशको आर्थिक विकास तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै विदेशी लगानी भित्र्याउनका लागि पनि ढकाल नेतृत्वको टीम आवश्यक रहको बताएका थिए ।

यसैगरी यस अघिका नेतृत्वबाट जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गरेको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानलबाट आफ्ना समस्या समाधान हुने आशा पलाएको भन्दै उक्त टीमलाई आगामी निर्वाचनमा जसरी पनि जिताउनुपर्ने उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी ६ वर्षका लागि भएको भन्दै अहिलेको अवस्थामा सही व्यक्ति छनौट गर्न नसकेमा जिल्ला नगरका समस्या मात्रै नभई समग्र निजी क्षेत्रका लागि चुनौती थपिने बताए ।
अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफू र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताए ।

‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, सरकारी निकायमा प्रतिनिधित्व भएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोना साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ,’ उनले भने, ‘साथै नेतृत्वमा पुगेका व्यक्तिले उद्योगी व्यवसायीले समस्या परेर फोन गर्दा नउठाउने तथा समस्या समाधान गर्दा पहल गर्दैन भने त्यो जस्तो निकम्मा नेतृत्व अरु कुनै हुन सक्दैन ।’

व्यावसायिक सफलतामार्फत् स्टेक होल्डरको रुपमा स्थापित व्यक्तिले मात्रै व्यवसायीको वास्तविक रुपमा नेतृत्व गर्न सक्ने भन्दै त्यसको लागि आफु तयार रहेको पनि ढकालले बताए । ‘जसले व्यवसाय गरेको छ, जसले व्यावसायीक समस्यासँग जुधेको छ उसले मात्रै हामी व्यवसायीका समस्या सरकारसमक्ष राख्न सक्छ र समस्या समाधान गर्न पहल गर्नेछ,’ उनले भने ।

कार्यक्रममा उनले आफुले ७ ओटै प्रदेशका पर्यटन व्यवसाय विस्तारका लागि परियोजनाहरु अघि बढाएको जानकारी दिँदै आआफ्ना क्षेत्रका त्यस्ता सम्भावनाका क्षेत्र भएका प्रस्ताव ल्याउन आग्रह गरेका थिए । साथै त्यस्ता कार्यक्रममा केन्द्र र स्थानीय उद्योगी व्यवसायीको सहकार्यमा अघि बढाउन आफुहरु तयार रहेको उनको भनाई थियो ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ५ : ५१ बजे

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत