१४ बैशाख २०८३, सोमबार | April 27, 2026

जीर्ण कमलपोखरीको मर्मत गरिँदै



काठमाडौं । काठमाडौं महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत भइरहेको छ ।

स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम गरिएको छ ।

कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले गत असार मसान्तभित्र जीर्णद्धार सक्नुपर्नेमा कोभिड–१९ को महामारीको प्रभावका कारण समय सीमाभित्र काम नसकिएको जानकारी दिए ।

विभिन्न क्लबले केही वर्षदेखि पोखरीमा माछापालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको क्लबले व्यावसायिकरुपमा माछा बिक्री गरी आउने पैसालाई आम्दानीको स्रोत बनाएको छ ।

स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गरेको क्लबले स्थानीय तहमा विभिन्न खेलकूदको विकास गरेको छ ।

लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष भीमसेन मैनालीले जानकारी दिए ।

पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ । पोखरीको नाममा करीब ४० रोपनी क्षेत्रफल रहेको भए पनि विभिन्न समयमा अतिक्रमण भई अहिले १८ रोपनीमा सीमित छ ।

लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएकाले पोखरीको आवश्यक संरक्षण हुन सकेको थिएन ।

केही वर्ष अगाडि वरवपरबाट बगेर आएको ढल पोखरीमा सङ्कलन भई वरपर दुुर्गन्ध फैलिएपछि स्थानीयवासी र क्लबको समन्वयमा सरसफाइ गरी केही व्यवस्थित बनाइएको स्थानीय समाजसेवी अरुणसिंह केसीले जानकारी दिए ।

क्लबले हालै करीब दुुई लाख बराबरको माछा बिक्री गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ३ : ५७ बजे

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ