१५ बैशाख २०८१, शनिबार | April 27, 2024

गोरखामा एक किलो नुनको मूल्य १५० रुपैयाँ, चामललाई २०० रुपैयाँ



गोरखा । गोरखा भन्ने वित्तिकै आँवुखैरेनी, तुरतुरे वा बेनिघाट पारी हो भन्ने धारणा अधिकांशमा छ । नेपालको चौँथो ठूलो जिल्ला रहेको गोरखा जिल्लामा तराइ, पहाड र हिमाल तिनै प्रकारका हावापानी पाइन्छ ।

गोरखा जिल्लामा एक किलोग्राम नुनको १५० रुपैयाँ र चामलको २०० रुपैयाँ पर्छ भन्दा जो कोही पनि झट्ट विश्वास गरिहाल्दैनन् । तर जिल्ला सदरमुकामदेखि झण्डै १० दिनसम्म खच्चडमा बोकेर पुर्याउनुपर्ने बस्तिहरुमा रहेको मूल्य यही नै हो ।

बजारमा विभिन्न थरिका चामल पाइन्छन थरी थरी मूल्यका । माथिल्लो क्षेत्रमा २०० पर्ने चामल सदरमुकाममा ६० रुपैयाँ प्रतिकिलो पाइन्छ ।

 

दुवानी खर्चका कारण समान महङ्गो

गोरखा जिल्लाको अन्तराष्ट्रिय सिमा नजिक रहेको अन्तिम मानववस्ति भएको लार्के बजारमा हाल रहेको मूल्यसूची यही नै रहेको छ । कोरोना भाइरसका कारण सिमा नाका बन्द भएपछि रुइला नाकाबाट कुनै पनि सामान आउन सकेको छैन । गोरखा सदरमुकामदेखि दुवानी गर्दा महङ्गो पर्न गएको चुमनुब्री गाउँपालिका वडा नम्वर १ का वडा सदस्य समेत रहेका साम्दोका निमा लामा बताउँछन् ।

रुइला नाकाबाट समान ल्याउन एक दिन मात्रै लाग्छ तर गोरखा सदरमुकामबाट साम्दो, लार्केमा समान पुर्याउन ८ देखि १० दिन लाग्ने गरेको खच्चड व्यावसायी कान्छा गुरुङको भनाइ छ । भीरको बाटो जोखिम सहेर हिँड्नुपर्छ । माथिबाट ढुँङ्गा झरिरहन्छ । हिउँ पर्दा र वर्षातको समयमा हिँड्न सक्ने अवस्था हुँदैन, उनले भने ।

 

समान ल्याउन मनाङबाट सजिलो

गोरखा सरदमुकामबाट समान ढुवानी गर्दा धेरै दिन लाग्ने र महँगो पर्ने भएपछि मनाङको धारपानी भीमताङ हुँदै दैनिक उपभोग्य बस्तु ल्याउने गरेको साम्दोका ग्याल्जेन घ्युर्मे लामा बताउँछन् । धारापानी देखि केही माथि सम्म गाडिले ल्याउँछ त्यसपछि खच्चडमा बोकाएर ल्याउँदा दुइ दिनमा साम्दो पुग्ने गरेको उनले बताए ।

तल चल्ने खच्चडहरु माथिल्लो क्षेत्रमा राम्ररी भारी बोक्न पनि कठिनाइ हुने भएकाले भीमताङ, धर्मशाला हुँदै समान ल्याएको उनको भनाइ छ । गाउँलेहरुले हिउँदभरीका लागि चाहिने समान एकैपटक ल्याउने गरेको उनको भनाइ छ । यस पटक पर्यटकहरुको आवागमन नभएका कारण अघिल्लो साल जसरी धेरै समान नआएको उनले बताए ।

 

सरकारले दिने खाद्यान्न माथिल्लो क्षेत्र पुग्दैन

उत्तरी क्षेत्रका नागरिकहरुका लागि खाद्यन्न वितरण गर्न भनेर जिल्ला सदरमुकाम , माछाखोला र सिर्दिवासमा डिपो राखिएको छ । सिर्दिवासमा राखिएको डिपोबाट उत्तरका साविक ७ गाविसमा खाद्यन्न र नुन पुर्याउनुपर्ने भएपनि कोटा प्रणालि भएका कारण माथि नपुग्दै तल्लो क्षेत्रमा नै सकिने गरेको स्थानीयहरुको गुनासो छ ।

सिर्दिवास माथि साम्दो सम्म केन्द्र पर्ने गरी एउटा खाद्यन्न डिपो सञ्चालनमा ल्याउने उनीहरुले पटक पटक माग गर्दै आएका छन् । डिपो सञ्चालन भएपछि सरकारले नुन र चामलका लागि दुवानी अनुदान दिने गर्दछ । सरकारी अनुदानको चामल र नुन प्रोक, ल्हो , सामागाउँ सम्म नपुगेको स्थानीय गाउँलेहरुको भनाइ रहँदै आएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : ०८ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।