४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंमा कोरोना संक्रमितको संख्या १ लाख नजिक, वरिष्ठ चिकित्सकसहित ४६३ जनाको मृत्यु



काठमाडौं । तिहारको समयमा कोरोना भाइरसको परीक्षणमा कमी देखियो । दैनिक पीसीआर परीक्षण घट्दा संक्रमितको संख्या पनि घटेको देखियो । तर, जति पीसीआर भएको छ, त्यसको आधारमा संक्रमितको संख्या प्रतिशतका हिसाबले धेरै छ ।

सोमबारमात्रै १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जबकी पीसीआर नमुना परीक्षण जम्मा ४ हजार ८३२ जनाको भएको थियो ।

अब चाडवाड सकिएपछि पीसीआर परीक्षण पनि पुनः बढ्नेछ भने संक्रमितको संख्या पनि बढ्ने स्पष्टै छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित देशको राजधानी काठमाडौं नै भएको छ । काठमाडौंमा संक्रमितको संख्या १ लाखको हाराहारीमा पुगेको छ ।

सोमबारसम्म देशभर कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुग्दा काठमाडौं उपत्यकामा मात्रै ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा पनि काठमाडौंमा मात्रै ७६ हजार ६५० संक्रमित पुगेका छन् । ललितपुरमा ११ हजार ३७९ जना र भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार छन्।

सक्रिय संक्रमितको तुलना गर्दा पनि सबैभन्दा धेरै काठमाडौं जिल्लामा नै रहेका छन् । काठमाडौंमा १४ हजार २७९, ललितपुरमा २ हजार २०४ र भक्तपुरमा १ हजार १८८ र जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा सोमबार मात्रै दुई जना वरिष्ठ चिकित्सकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा.नारायणबहादुर थापाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिरामीहरुलाई उपचार गर्ने क्रममा कोरोना संक्रमण भएका दुवै चिकित्सकको मृत्यु भएको हो ।

उनीहरुसँगै सोमबारसम्म  काठमाडौं उपत्यत्यकामा वरिष्ठ चिकित्सकसहित ४६३ जनाको मृत्यु भएको छ । जसमध्ये  काठमाडौंमा मात्रै ३०१ जना, ललितपुरमा ८६ जना र भक्तपुरमा भक्तपुरमा ७६ जनाको मृत्यु भएको मन्त्रालयको पछिल्लो तथ्यांकमा जनाइएको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको