१ पुस २०८२, मंगलबार | December 17, 2025

दाङ घोराहीबाट उपचार गर्न बाँके लगिएका एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालमा उपचाररत दाङ घोराहीका ७५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

गत कर्तिक २६ गते स्वास्थ्य उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेका उनीमा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएकोमा २७ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरेर उपचार गरिएकोमा आज बिहान १०ः२० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन नरेश रुेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनलाई एन्टिबायोटिक, रेडमीसीविर, अक्सिजन लगायतको बिधिबाट उपचार गरिएको थियो ।

आज मृत्यु भएसँगै बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाका मृत्यु हुने कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ११ : ५२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष