३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

दाङ घोराहीबाट उपचार गर्न बाँके लगिएका एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालमा उपचाररत दाङ घोराहीका ७५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

गत कर्तिक २६ गते स्वास्थ्य उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेका उनीमा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएकोमा २७ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरेर उपचार गरिएकोमा आज बिहान १०ः२० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन नरेश रुेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनलाई एन्टिबायोटिक, रेडमीसीविर, अक्सिजन लगायतको बिधिबाट उपचार गरिएको थियो ।

आज मृत्यु भएसँगै बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाका मृत्यु हुने कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ११ : ५२ बजे

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना

चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला । वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने

पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको