६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

तनहुँको मानहुँकोटमा हायस दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते



तनहुँ । पोखराबाट तनहुँको मानहुँकोट घुम्न आएको हायस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा दुर्घटना हुदा १ जनाको मृत्यु भएको हो ।

आज बिहान ग १ ख २९४२ नम्बरको हायस सडकबाट करिब ६ सय मिटर तल खस्दा पोखरा महानगरपालिका-३२ गगोनगौडा निवासी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा दमौलीस्थित रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।

उनीहरुको अवस्था सामान्य रहेको रानाभाटले बताए । घाइतेहरुको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सबै पोखरा-३२ का हुन् । पछिल्ला दिनमा पर्यटकको गतिविधि बढेको मानहुँकोटमा दृश्यावलोनका लागि गएको माइक्रो बिहान साढे ४ बजे दुर्घटना भएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ५१ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र