धरान । विराटनगर र धरानमा सुनसरीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो घटनाअनुसार विराटनगरको नोवल मेडिकल कलेजमा इटहरीका ७७ वर्षीय वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरानकै २९ वर्षीया महिलाको मृत्यु भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ का ती वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित नोवल मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वासप्रश्सावमा समस्या रहेका उनको उपचारको क्रममा बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी धरान उपमहानगरपालिका वडा नं. ११ की २९ वर्षीय महिला स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ३० गते वीपी प्रतिष्ठानमा भर्ना भएकी थिइन । उनको पनि उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रष्तिठानले जनाएको छ ।
प्रतिक्रिया