१३ श्रावण २०८३, बुधबार | July 29, 2026

विराटनगर र धरानमा सुनसरीका दुई कोरोना संक्रमितको मृत्यु



धरान । विराटनगर र धरानमा सुनसरीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो घटनाअनुसार विराटनगरको नोवल मेडिकल कलेजमा इटहरीका ७७ वर्षीय वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरानकै २९ वर्षीया महिलाको मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ का ती वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित नोवल मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वासप्रश्सावमा समस्या रहेका उनको उपचारको क्रममा बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी धरान उपमहानगरपालिका वडा नं. ११ की २९ वर्षीय महिला स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ३० गते वीपी प्रतिष्ठानमा भर्ना भएकी थिइन । उनको पनि उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रष्तिठानले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  १२ : ४३ बजे

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न