१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

ढकाल समूहको विजय यात्रा सुरु, गृहजिल्लामै प्रधानलाई धक्का



काठमाडौ । नेपाल उद्योग वाणिज्य महामसंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहले विजय यात्रा शुरु गरेको छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलबाट प्रदेश सदस्यको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत १ नं प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उहाँ हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हन् ।

विराटनगर निवासी उनको यो विजयलाई ढकाल समूहले एक महत्वपूर्ण विजयका रुपमा लिएको छ ।

किनभने मोरङ महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो ।

ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् ।

आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध भएका हुन् ।

उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा गएका थिए ।

त्यसक्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरुले ढकाललाई समर्थन गर्ने बताएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ६ : ०३ बजे

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा