२ चैत्र २०८२, सोमबार | March 16, 2026

छठपर्व प्रकृति र सभ्यताको अनुपम उदाहरण : संस्कृतिमन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छठपर्वलाई प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन ।

छठको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले मानव जीवन अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाइने छठपर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्त्व भएको उल्लेख गर्दै छठपर्व प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका हुन ।

उनले छठको अवसरमा उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृति र मानवबीचको गहिरो अन्तरसम्बन्ध झन् प्रगाढ हुने विश्वास व्यक्त गरेका छन ।

मन्त्री भट्टराईले छठ पर्व एउटा समुदाय, एउटा भूगोल विशेषमा मात्र सीमित नरहेको बताउँदै विगतमा मुख्य रुपमा तराई/मधेसमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकालगायत मुलुकका अन्य भूभागमा पनि धुमधामसँग मनाउन थालिएको कारण हाम्रो मौलिक संस्कृतिको आयातन फराकिलो बनेको दाबी गर्दै जातीय, धार्मिक र सम्प्रदायिक विविधता भएको हाम्रो जस्तो मुलुकमा सांस्कृतिक आयातन जति फराकिलो बन्दै जान्छ त्यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्द्रतालाई पनि प्रगाढ र सुमधुर बनाउने दाबी गरे ।

मन्त्री भट्टराईले पर्वले सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको उल्लेख गदै यो एकताले निश्चय नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानलाई सफल बनाउन ठूलो टेवा मिल्नेमा कुनै शंका नभएको बताएका छन ।

उनले हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताको धरोहर छठ पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता, मेलमिलाप र मुलुकको समृद्धिका लागि गोलबद्ध हुन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गदै सूर्यको उपासना गर्दै मनाइने छठपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‍भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : २२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित