काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ ।
७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ओम अस्पतालमा निधन भएको हानले जनाएको छ ।
सोल्टिमोडस्थित अमर होटेलका सञ्चालक शाक्यलाई निमोनिया देखिए लगत्तै दशैंपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
आफ्ना डाक्टर छोराको निगरानीमा उपचार गराइरहेका शाक्यलाई स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया