२२ माघ २०८२, बिहिबार | February 5, 2026

डिजिटल बैंकिङ्गमा फड्को मार्दै सेन्चुरी बैंक, अनलाइन एकाउन्ट सेवा सुचारु



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङ्ग कारोवारलाई अझै सहज बनाउन अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।

डिजिटल बैंकिङ्गमा फड्को मार्दै अगाडि बढेको बैंकले कोरोना भाइरसको कारणले गर्दा बैंकका ग्राहकलाई पर्न गएको बैंकिङ्ग समस्याको समाधानको निम्ति बैंकले डिजिटल बैंकिङ्गलाई अझै सहज बनाउने उद्देश्यले ग्राहकको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता (Century Sahaj Khata) सेञ्चुरी क्लीक एकाउन्ट (Century Click Account) भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।

यो योजनामा ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ  डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको बैंकको भनाई छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी Century Pay मार्फत Wallet को कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन रु. ५,००० – बराबर Cash Less कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रु. १,००,००० सम्म कारोवार गर्न सकिने बैंकले जनाएको छ ।

यस्तै सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको बैंकको दावी छ ।

उक्त खाताहरु खोल्दा आवश्यक Verification code बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ३३ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका