२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

बुटवल कोरोना अस्पतालमा फेरि दुई जनाको मृत्यु



बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. १ गुल्मीका ६६ वर्षीय पुरूष र तिलोत्तमा नगरपालिका वडा नं. २ का ५९ वर्षीय पुरूषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

रेसुङ्गाका मृतकलाई गत कात्तिक २७ गत  कोरोना पोजेटिभ भएको थियो । त्यसलगत्तै २८ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

ज्वरो र श्वासप्रश्पासका बिरामी उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी, तिलोत्तमाका संक्रमितलाई यहि मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको पनि शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकलाई ज्वरो, मुटुरोग, दम, मधुमेह र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ  ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ३८ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको