३ पुस २०८२, बिहिबार | December 19, 2025

चन्द्र ढकाल टीमलाई निर्यात व्यवसायी महासंघको साथ, सरकारसँग सहकार्य गरेर व्यवसायीको हितमा काम गर्न आग्रह



काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ ।

निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना दिँदै सो टीमलाई खुला रुपमा सहयोग गर्ने उद्घोष गरेको हो ।

महासंघले आज काठमाडौंमा चन्द्र ढकाल टीमलाई स्वागत तथा जीतको अग्रीम शुभकामना दिँदै उक्त फिन अन्तर्गतका ११ ओटा वस्तुगत संघका अध्यक्षहरुले खुला रुपमा उक्त टीमलाई मतदान गर्ने उद्घोष गरेको हो ।

स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी एवम् फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताए ।
‘व्यवसायीक हितका लागि पनि हामीले महासंघको आसन्न निर्वाचनमा व्यवसायीक टीमलाई जिताउनुपर्छ,’ उनले भने, ‘यसका लागि हामीले चन्द्र ढकालले नेतृत्व गरेको टीमलाई भारी बहुमतले जिताउनुपर्छ ।’

अहिलेको अवस्थामा सरकारले व्यवसायीको समाधानमा लागि वेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउनका लागि पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले नेतृत्व गरेको उमेशलाल श्रेष्ठको टीमलाई जिताउनुको विकल्प नरहेको गुरुङको दावी थियो ।

‘म यस फिन अन्तर्गत रहेको सम्पूर्ण सदस्यहरुलाई क्रस नगरी ढकालले नेतृत्व गरेको टीमको सम्पूर्ण सदस्यहरुलाई नै मतदान गर्न आग्रह गर्दछु,’ गुरुङले बताए, ‘यदि हामीले सानोदेखि ठूलो व्यवसायसम्म सफल रुपमा संचालन गर्दै आउनुभएको ढकालले नेतृत्व गरेको टीमलाई नै जिताउन सक्यौ भने हाम्रो समस्या पनि समाधान हुने आशा लिएका छौं ।’ साथै अबका दिन सरकारसँग दुई धारमा नभई सहकार्य गरेर व्यवसायीका समस्या समाधान गर्न समेत चन्द्र ढकाल समुहलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै फिन अन्तर्गत रहेका बस्तुगत संघका अध्यक्षहरुले स्वतः अध्यक्ष भैसकेका व्यक्तिले एउटा टिमको नाममा महासंघभित्र कार्टेलिङ गरेको भन्दै त्यसलाई तोड्न पनि ढकाल प्यानललाई भोट दिनुपर्ने बाध्यता रहेको बताएका छन् ।

‘चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलको सर्वमान्य अध्यक्ष भएर बस्नुपर्ने व्यक्तिले अहिले एउटा टीम खडा गरी उक्त टीमलाई जिताउन दर्जनौं व्यक्तिलाई मनोनितको बल्छी फालेर हिडेका छन्,’ कार्यक्रममा फिन अन्तर्गत रहेको वस्तुगत संघका अध्यक्षहरुले भने, ‘उनको उक्त व्यवहारले महासंघका दुर्घटना निम्तने छ तसर्थ महासंघलाई दुर्घटनाबाट बचाउनका लागि पनि ढकाल प्यानललाई जिताउनुपर्नेछ ।’

फिनमा निर्यात क्षेत्रका कार्यरत ११ ओटा वस्तुगत संस्थाहरु रहेका छन् । जसमा नेपाल गलैचा निर्यात संघ, गार्मेण्ट एशोसिएशन, नेपाल पश्मिना उद्योग संघ, नेपाल हातेकागज संघ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, अलैची उत्पादक संघ, अदुवा प्रषोधन तथा व्यापार संघ, नेपाल बोटल वाटर उद्योग संघ र सिल्क एशोसिएशन रहेका छन् । सो कार्यक्रममा सबै संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

स्टेकहोल्डरले मात्र व्यावसायीक समस्या समाधान गर्न सक्छः ढकाल

यस्तै कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको जानकारी दिँदै आफु पनि फिन भित्रैकै एक सदस्यको रुपमा रहेकोले यस क्षेत्रको विकासका लागि काम गर्ने बताए ।

‘म चुनावको क्रममा यहाँ आएर भोट मात्रै माग्ने र पछि वास्ता नगर्ने भन्ने म र मेरो टीमबाट हुँदैन जुन कुराको यहीँ हलबाट प्रतिवद्धता जाहेर गर्दछु,’ ढकालले भने, ‘हाम्रो टीम जितेर गएपछि तपाईहरुले गर्व हुनेगरी काम गरेर देखाउनेछु ।’

साथै व्यवसायीक समस्या पहिचान गरी तत्काल समाधान गर्नका लागि स्केट होल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टीमलाई जिताउन उनको आग्रह थियो ।
कार्यक्रममा फिनका उपाध्यक्ष एवं सिल्क एशोसिएशनका अध्यक्ष शंकर पाण्डेले महासंघ कमजोर हुँदा सम्पूर्ण निजी क्षेत्र कमजोर हुनेभन्दै निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ३२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको