३० भदौ २०८३, मंगलबार | September 15, 2026

झापाको अर्जुनधारा गोलधापमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवाको सुरुवात



झापा । सनराइज बैंकले झापाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । साथै बैंकले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ । बिहिबार आयोजित एक कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार राना मगर र बैंकको प्रदेश १ का प्रमुख विवेक कुमार निरौलाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन्।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टी।एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ४८ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी