८ बैशाख २०८१, शनिबार | April 20, 2024

काठमाडौं महानगरले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ ।

सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आइतबारदेखि पुनः स्वब संकलनको कार्य सूचारु गर्न लागिएको बताएका हुन् ।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे । यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए ।

अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  २ : ४९ बजे

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न