८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ति महिलालाई नेपालगन्ज मेडिकल कलेजमा गत कात्तिक २८ गते भर्ना गरिएको थियो त्यसपछि गरिएको पीसीआर परीक्षणमा उनलाई २९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

मेडिकल कलेजमा उपचाररत रहेकै अवस्थामा स्वास्थ्यमा सुधार नआएपछि उनलाई परिवारको आग्रहमा भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

तर, उनको अवस्था निरन्तर कमजोर बन्दै गएर शनिबार दिउँसो ३ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यससँगै बाँकेका कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ३६ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा