२ चैत्र २०८२, सोमबार | March 17, 2026

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते



कञ्चनपुर । गएराती कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

कृष्णपुर-३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्र्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ”, प्रवक्ता थापाले भने, “आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृत्यु भयो ।” दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो ।

प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका-१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : ५४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित