२० मंसिर २०८२, शनिबार | December 6, 2025

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङको घरपझोङमा, ७३ जिल्लामा पुग्यो बैंकको सेवा



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि  मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ३७ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी