१३ श्रावण २०८३, बुधबार | July 30, 2026

प्रधानमन्त्रीले सुरक्षा अङ्गका चारैजना प्रमुखहरुलाई बालुवाटार बोलाएर गरे गोप्य छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद  उत्कर्षमा पुगेको बेला पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्री निवासमा बोलाएर झण्डै एक घण्टा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग प्रधानमन्त्री ओलीले सामूहिक छलफल गरेका हुन् ।

एक घण्टा बढी छलफल गरेर सुरक्षा निकायका प्रमुखहरु बालुवाटारबाट बाहिरिएपनि अहिलेसम्म छलफलको बिषयमा कसैले सार्वजानिक गरेको छैन । छलफलका बिषयमा सुरक्षा निकायसहित प्रधानमन्त्री निवास श्रोतले पनि बोल्न अस्विकार गरेको छ ।

प्रधानमन्त्री सचिवालयले पछिल्ला सुरक्षा अवस्थाबारे छलफल गर्ने नियमित भेटवार्ता मात्रै भनेको छ ।

पार्टीभित्र विवाद उत्सर्गमा पुगेका बेला प्रधानमन्त्रीले राष्ट्रपति र सुरक्षा प्रमुखहरु सहित आफु निकट नेताहरुसँगको भेटवार्तालाई तिब्र पारेका छन् ।

आजको सुरक्षा प्रमुखहरुसँगको भेटवार्तालाई पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : २० बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ