१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्रीले सुरक्षा अङ्गका चारैजना प्रमुखहरुलाई बालुवाटार बोलाएर गरे गोप्य छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद  उत्कर्षमा पुगेको बेला पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्री निवासमा बोलाएर झण्डै एक घण्टा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग प्रधानमन्त्री ओलीले सामूहिक छलफल गरेका हुन् ।

एक घण्टा बढी छलफल गरेर सुरक्षा निकायका प्रमुखहरु बालुवाटारबाट बाहिरिएपनि अहिलेसम्म छलफलको बिषयमा कसैले सार्वजानिक गरेको छैन । छलफलका बिषयमा सुरक्षा निकायसहित प्रधानमन्त्री निवास श्रोतले पनि बोल्न अस्विकार गरेको छ ।

प्रधानमन्त्री सचिवालयले पछिल्ला सुरक्षा अवस्थाबारे छलफल गर्ने नियमित भेटवार्ता मात्रै भनेको छ ।

पार्टीभित्र विवाद उत्सर्गमा पुगेका बेला प्रधानमन्त्रीले राष्ट्रपति र सुरक्षा प्रमुखहरु सहित आफु निकट नेताहरुसँगको भेटवार्तालाई तिब्र पारेका छन् ।

आजको सुरक्षा प्रमुखहरुसँगको भेटवार्तालाई पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : २० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज