४ पुस २०८२, शुक्रबार | December 19, 2025

१८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो ।

बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताए । ‘कानूनअनुसार निकुञ्जको अनुमतिबिना खयर प्रजातिको काठ बेच्न पाइँदैन’, उनले भने, ‘काठ अनुमति बिना बिक्री वितरण गरेको पाइए बिगोअनुसार जरिवाना हुन्छ ।’

बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ । बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : ४८ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा