१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल विरुद्ध गृहनगर बुटवलमा कालोझण्डा प्रदर्शन (भिडियो सहित)



बुटवल । दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेको अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।

काँग्रेको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा देखाएका हुन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाएका हुन् ।

बिहानै सैनामैनाका बिभिन्न कार्यक्रममा सहभागी हुन त्यतातर्फ जाँदै गरेको अवस्थामा काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै पौडेल बिरुद्ध नारा लगाएका थिए । प्रदर्शनमा सहभागिहरुले पौडेलले अर्थमन्त्री पदसँग प्रदेशको राजधानी साटेको आरोप लगाएका थिए ।

मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन बिभिन्न कार्यक्रममा सहभागि हुदैछन् ।

पौडेलको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि काँग्रेस कार्यकर्ताहरुले सुरक्षाघेरा छिचोल्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।

प्रदेशको राजधानी सार्न गरिएको षड्यन्त्र विरुद्ध पौडेलले देखाएको मौनताका विरोधमा कालो भण्डा प्रदर्शन गरिएको नेपाली काँग्रेस बुटवल उपमहानगरका नगर सभापति खेलराज पाण्डेले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ३१ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय