२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

अर्थमन्त्री पौडेलमाथि काँग्रेसले गरेको ‘दुर्व्यवहार’प्रति नेकपा रुपन्देहीको आपत्ती



बुटवल । नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई नेपाली काँग्रेस रूपन्देहीले कालोझण्डा देखाएकोमा नेकपा रूपन्देहीले गंभीर आपत्ती प्रकट गरेको छ।

बुधबार बिहान मन्त्री पौडेलले काँग्रेसका कार्यकर्ताहरुले बुटवलमा मन्त्रीपदसँग प्रदेश राजधानी साटेको आरोप लगाउँदै कालो झण्डा देखाएका थिए ।

आफ्नो पार्टीका महासचिव एवं संघीय सरकारका अर्थमन्त्रीलाई प्रमुख प्रतिपक्षी दलका कार्यकर्ताले अराजनीतिक व्यवहार गरेको भन्दै नेकपाले आपत्ति जनाएको हो ।

‘शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाई संगसंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उद्घघाटन, सिलान्यास र अनुगमनको सिलसिलामा रहनु भएका अर्थमन्त्रीको विरोध गरेर कांग्रसले आफुलाई यी सबै विकास प्रयासहरूको बिपक्षमा खडा गर्न चाहेको त होईन ? गंभीर प्रश्न खडा भएको छ।’ नेकपाले भनेको छ ।

‘यस सन्दर्भमा हामी नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न आग्रह गर्दछौ’, जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागार्इंले भने, ‘पार्टीले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’

 

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १२ : ५२ बजे

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको