१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

१२ बढी देशको भाषामा बोल्ने कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाईड’ बेपत्ता भएको २३ दिनमा फेलापरे



कपिलबस्तु । कपिलवस्तुका ‘फुच्चे गाइड’ राहुल साहनी २३ दिनपछि फेला परेका छन् । उनी फेलापरेसँगै ‘यति धेरै दिनसम्म कहाँ थिए त ?’ भन्ने जिज्ञासा धेरैलाई लागेको छ । कपिलवस्तु नगरपालिका–३ घर भएका साहनी गत कात्तिक १७ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए । उनी गत कात्तिक १७ गते विद्यालय जान्छु भनेर साइकलसहित निस्केका उनी मंसिर १० बुधबार फेला परेका छन् ।

विद्यालय हिँडेका साहनी खुनुवा हुँदै राति ११ बजे भारतको बढनी पुगे । बढनीबाट गोरखपुर जाने बसको छतमा साइकल राखेर १८ गते बिहान ११ बजे गोरखपुर ओर्ले । गोरखपुरबाट बरालगञ्ज जाने बस चढेर अपराह्न साढे ३ बजे उनी बेलिपार्कमा आमाको काकाकी छोरी मीरा साहनीका घरमा पगे । दिदीका घरमा झण्डै २० दिन बसेपछि आमाबुबाको मायाले सताएकाले आफू फर्किएको साहनीले बताए ।

जम्मा तीन सय भारतीय रुपियाँ आफूसँग रहेकाले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको साहनीले बताए । बन्दाबन्दीपछि विद्यालय हप्तामा दुई दिन मात्र सञ्चालन हुने गरेको तर घरबाट सधैँ पढ्न जान दबाब दिने गरिएकाले आफू भागेको प्रहरीसमक्ष उनले बताए । रासस

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ३२ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर