२९ मंसिर २०८२, सोमबार | December 15, 2025

त्रिशुलीमा वेपत्तामध्ये चालक र महिलाको शव फेला, बालिकाको खोजीकार्य जारी



काठमाडौं । प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशुली नदीमा खस्दा वेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव फेला परेको छ ।

बिहीबार बिहान लु १ च ९७३१ नम्बरको जिप मुग्लिन नजिकै त्रिशुलीमा खस्दा प्यूठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका, उनकी १५ वर्षीया छोरी जिनिशा रोका र जिप चालक सूर्य केसी वेपत्ता भएका थिए ।

त्यसलगत्तै प्रहरीले खोजीकार्य सुरु गरेको थियो । वेपत्तामध्ये चालक र महिलाको शव जीपमै अड्किएको अवस्थामा फेला परेको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिएका छन् । सुरुमा चालक र त्यसपछि महिलाको शव निकालिएको थियो ।

बेपत्ता भएकी बिरामी जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको छ।

जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट बाहिर निस्कन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रोकालाई प्रहरीले उद्धार गरेको थियो । उनको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रोका नेकपा मसालको युवा संगठन अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : २८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले