१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

चन्द्र ढकालले चुनाव जित्न सक्ने यी हुन् १० आधार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औैं वार्षिक साधारणसभा बिहीबारबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको साधारणसभाबाट नयाँ नेतृत्वको चयन हुनेछ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा को विजयी बन्छ भन्ने कुरा विशेष चासोका साथ हेरिएको छ । महासंघको स्वतः अध्यक्ष बन्ने भएका कारण पनि वरिष्ठ उपाध्यक्षको पदमा सबै उद्योगी व्यवसायी मात्र नभएर राज्यको समेत विशेष चासो बनेको हो ।

यो पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान भिडिरहेका छन् । त्यसो त यसपटक महासंघमा प्रष्टसँग दुई प्यानल चुनावी मैदानमा छ । यसअघि विरलै देखिने यस्तो चुनाव पूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत हुँदैछ ।

वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारले विजयी बन्ने दाबी गरेका छन् । तर निर्वाचनमा चासो राख्नेहरु अनुसार चन्द्र ढकाल र उनको समुहको पल्ला भारी देख्छन् । चन्द्र ढकालले चुनाव जित्न सक्ने यी हुन् १० आधार :

१. दर्जनौ व्यवसायहरुको सफल नेतृत्व गरिरहेका चन्द्रप्रसाद ढकाल नेपालको निजी क्षेत्रमा स्थापित व्यवसायी हुन् । आफ्नो व्यवसायमा सफल व्यक्तिले नै महासंघको वास्तविक नेतृत्व गर्न सक्दछ । यसको तुलनामा प्रधानको व्यावसायिक धरातल भने अत्यन्तै कमजोर रहेको छ । कमजोर व्यवसायिक धरातल हुने व्यक्तिले निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनलाई अगाडि बढाउँछन् भन्नेमा विश्वस्त हुन सकिँदैन ।

२. देशैभरिका साना मझौलादेखी ठूला सबै क्षेत्रका व्यवसायीहरुले आफ्नो साझा उमेद्वारका रुपमा ढकाललाई हेरेका छन् । उनी यसअघि महासंघमा एसोसिएटका तर्फबाट निर्विरोध चयन भएका हुन् । त्यसो त किशोर प्रधान यसअघि पनि वरिष्ठ उपाध्यक्ष पदमा उठेर पराजित भएका थिए । तर यसपटक भावी अध्यक्ष शेखर गोल्छाले उनलाई समर्थन गरेको बताइएको छ । यद्यपी चन्द्र ढकाललाई पूर्व अध्यक्षहरु, अग्रज व्यवसायीहरु, जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रको उत्तिकै समर्थन देखिन्छ ।

३. चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा यसअघिका कार्यकालमा कुशलतापूर्वक पदीय जिम्मेवारी निर्वाह गरेका थिए । रोजगारदाता परिषद्को सभापतिका हैसियतले उनले गरेका कामहरु लोकप्रिय छन् । आम उद्योगी, व्यवसायीका समस्याप्रति जानकार एवम् समाधानका लागि पहल गर्न सक्ने सक्षम व्यक्ति ढकाल हुन् । (२८ वर्षसम्म पनि महासंघमा रहँदा किशोर प्रधानबाट निजी क्षेत्रको हितका लागि कुनै उल्लेखनीय काम नभएको ढकाल समुहको दाबी छ ।)

४. ढकालले समग्र निजी क्षेत्रको उत्थानका विषयलाई आफ्नो एजेण्डामा समेटेका छन् । कोभिड–१९ को माहामारीले थलिएको नेपालको आर्थिक क्षेत्रको निकासदेखि लिएर नेपालमा एफडीआई भित्र्याउनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्ने र नेपाली उद्योगी व्यापारीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउने सम्मका विषयलाई आफ्नो एजेण्डाको प्राथमिकताको केन्द्रमा राखेका छन् ।

५. सानो व्यवसायबाट उदाएका ढकालले साना मझौला व्यवसायी देखि ठूला उद्योगी व्यवसायीसम्मका सरोकारका विषयबस्तुलाई सहजै बुझ्न सक्छन् । उनीहरुको समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्छन् । जटिल विषयवस्तुहरुलाई नीति निर्माताका तहसम्म पु¥याउने क्षमता देखिन्छ ढकालमा ।

६. ढकाल सामुहिक नेतृत्वमा विश्वास गर्ने व्यक्ति हुन् । सबैलाई समेटेर लैजान सक्ने विशिष्ट क्षमता छ उनमा । उनको साथमा अनुभवी, विषयविज्ञ र सक्षम टिम पनि रहेको छ । महासंघलाई नयाँ उचाईमा पु¥याउन उनको टिम प्रतिवद्ध छ ।

७. ढकालले व्यवसायीहरुको समस्या सम्बोधनमा कुशल अभिभावकिय जिम्मेवारी पनि निर्वाह गरेका छन् । उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रीय सदस्य किशोर आचार्यको सवारी दुर्घटना पश्चात ढकालले दिनरात खटिएर गरेको उद्धारको व्यवसायीहरुले प्रशंशा गरेका छन् । संकटमा साथ सहयोगको सारथी बन्नुमा नै नेतृत्व क्षमता झल्किन्छ ।

८. महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्न, राज्यसँग अर्थपूर्ण साझेदारी एवम् निति निर्माणमा पैरवी गर्न, नेपालको समग्र निजी क्षेत्रको समावेशी विकास गर्न र महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा महासंघलाई अगाडि बढाउन अनुभव र क्षमताका आधारमा चन्द्र ढकाल अब्बल छन् । उनले सरकारबाट महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी), कान्तिपुर वर्षका दश–२०७० लगायत कैयौं राष्ट्रिय अन्र्तराष्ट्रिय सम्मानहरु प्राप्त गरिसकेका छन ।

९.उमेरका हिसाबले प्रधान सिनियर भए पनि नयाँ, समावेशी र सक्षम युवा टिम लिएर निजी क्षेत्र हाँक्न सक्ने खुबी ढकालमा देखिन्छ । महासंघमा आबद्ध समयावधि मात्र स्तरीय मापदण्ड होईन भन्छन् चन्द्र ढकाल ।

१०. निर्वाचित भैसकेपछि चुनावका एजेण्डा र आश्वासनहरु बिर्सिने, आफ्नो व्यवसायलाई मात्र महत्व दिने, राजनीति गर्ने गुनासो छ अधिकांश उद्योगी, व्यवसायीहरुको । तर सतहत्तरै जिल्लामा व्यावसायिक नेटवर्क भएका ढकाल महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा सदैव आम उद्योगी, व्यवसायीहरुको सामिप्यमा रहन्छन् । उनको यहि व्यवसायिक नेटवर्ककै कारण पनि देशका उद्योगी, व्यवसायीहरुसँग टाढिने छुट ढकाललाई छैन ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ५ : ५१ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा