३ चैत्र २०८२, मंगलबार | March 17, 2026

गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु



गुल्मी । शुक्रबार बिहानै गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका वडा नं. ४ दोहलीस्थिल हुलबाट सदरमुकाम तमघासका लागि छुटेको लु १ ज ११६६ नं.को जीप बिहान साढे ७ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चार जना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ का ६५ वर्षीय डम्बर हितान, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी ३३ वर्षीय शिव दर्लामी रहेका छन् । यस्तै, मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको पनि मृत्यु भएको छ ।

जीपमा सवार इस्माका १९ वर्षीय फर्सुाराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र २५ वर्षीय कमल हितान घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । जीप चालक बुद्ध बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : १९ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन