८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

कुनैबेला कोरोनाको ‘इपीसेण्टर’ बाँकेको नरैनापुरका बिद्यालय आईतबारदेखि सञ्चालन हुने



नेपालगन्ज । कोरोना कहरले सुरुका दिनहरुमै आत्रान्त बनेको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारदेखि पठनपाठन सुचारु हुने भएको छ । कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालय आइतबारदेखि खुल्ने भएका हुन् ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् । आइतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपठान शुरु हुनेछ । ती विद्यालयका पनि माध्यमिक तह (कक्षा ९ देखि १२) को पढाई हुनेछ ।

कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाई क्रियाकलाप अबरुद्ध भएकाले मन्त्रालयको कार्यढाँचा अनुसार आइतबारदेखि विद्यालय सुचारु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । पछिल्लो समय नरैनापुरमा कोरोना नदेखिएपनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने अध्यक्ष शाहले बताए ।

“शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ मा उल्लेख भएका मापदण्ड अनुसार मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ,” प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भने–“एक सातासम्म त्यसको प्रभाव हेरेर त्यसपछि थप विद्यालय र कक्षाहरु सुचारु गर्ने बारे निर्णय लिन्छौं ।”

प्रत्येक दिन कक्षा सुरु हुनु अगावै स्यानीटाइज गर्ने, प्रत्येक कक्षा कोठाहरुमा स्यानीटाइजरको व्यवस्था तथा अनिवार्य मास्क प्रयोगको प्रबन्ध मिलाइने शाहीले जानकारी दिए ।

आइतबारदेखि खुल्ने विद्यालयहरुले मन्त्रालयको कार्यढाँचा र गाउँपालिकाको निर्णय अनुसार पूर्व तयारी गरेको बताएका छन् । पूर्ण सावधानीका साथ विद्यालय सञ्चालन गर्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : ४७ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय