६ श्रावण २०८३, बुधबार | July 22, 2026

माछापुच्छ्रे बैंकले लुम्बिनीमा गर्यो ‘पर्यटक प्रतिक्षालय’को व्यवस्था



काठमाडौ । माछापुच्छ्रे बैंकले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “पर्यटक प्रतिक्षालय“ को ब्यबस्था गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष श्री सुरेन्द्र मणि शाक्य र परियोजना प्रबन्धक श्री सरोज भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा बिभिन्न संघ संस्था तथा सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार र पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकले सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ३८ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय