१६ बैशाख २०८१, आइतबार | April 28, 2024

तरकारी बोकेको गाडी दुर्घटना हुदा दुईजनाको मृत्यु



काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका-५ लुम्देको थुम्कीडाँडामा पिकअप दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार माई नगरपालिका-९ बोरूङका दिनेश लिम्बू र इलाम नगरपालिका वडा नम्बर-११ सोयाकका नवीन बुलुनको मृत्यु भएको हो ।

उनीहरू सवार को. २ च १५ नम्बरको पिकअप तरकारी बोकेर लुम्देबाट गएराति माई नगरपालिकातर्फ फर्किँदै थियो ।

दुर्घटनामा माई नगरपालिका-१ का विकास तामाङ गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि इलाम अस्पताल ल्याइएको छ ।

अनियन्त्रित भएर सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : १९ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई