१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका थप १ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका-६का ५६ वर्षीय पुरुषको आज बिहान ४ः५० बजे मृत्यु भएको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र(डीसीसीएमसी) बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ६ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकोमा कोरोनाको आशंकामा पीसीआर परीक्षण गराउंदा उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि ७ गते नै उनलाई भेरी अस्पताल नेपालगन्जको काइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उपचारका क्रममा अक्सिजन, एन्टिबायोटिक, प्लाज्मा र रेडमिसिविर सहितको बिधि अपनाउंदा पनि बिहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाहिरि जिल्लाबाट उपचारका लागि बाँके पुगेका मध्य आज सम्ममा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : ४९ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा