४ पुस २०८२, शुक्रबार | December 20, 2025

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका थप १ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका-६का ५६ वर्षीय पुरुषको आज बिहान ४ः५० बजे मृत्यु भएको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र(डीसीसीएमसी) बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ६ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकोमा कोरोनाको आशंकामा पीसीआर परीक्षण गराउंदा उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि ७ गते नै उनलाई भेरी अस्पताल नेपालगन्जको काइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उपचारका क्रममा अक्सिजन, एन्टिबायोटिक, प्लाज्मा र रेडमिसिविर सहितको बिधि अपनाउंदा पनि बिहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाहिरि जिल्लाबाट उपचारका लागि बाँके पुगेका मध्य आज सम्ममा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको