२९ भदौ २०८३, सोमबार | September 14, 2026

माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल बीच कर्जा सम्झौता



काठमाडौ । माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल बीच सम्झौता भएको छ । बैंकले एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष श्री वद्री प्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, श्री सुभाष जमरकट्टेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसंग आवद्ध सदस्य वा सदस्यहरुद्धारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम रु. १ लाख देखि अधिकतम रु. १५ लाख सम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ ।

साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो समय देखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्न उद्धेश्यले माछापुच्छ्रे बैंकले उक्त, सम्झौता गरेको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ५ : ३९ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा