२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसा विकराल बन्दै, ४ महिनामा ७३६ महिला र ८७ पुरुष लैंङ्गिक हिंसाका शिकार



बुटवल । मुलुकमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला लुम्बिनी प्रदेशमा मात्र चालु आर्थिक वर्षको, ४ महिनामा ८२३ वटा घरेलु लैङ्गिक हिंसा भएको तथ्याँक सार्वजानिक गरिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजानिक गरेको घरेलु लैङ्गिक हिंसामा सबैभन्दा बढी बाँकेमा २७२ लैङ्गिक हिंसाको घटना प्रहरीमा दर्ता हुन पुगेका छन् भने दोस्रोमा रुपन्देहीमा १६१ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् । त्यसैगरी कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६, बर्दियामा ३८, रोल्पाम ३४, अर्घाखाँचीमा ३२, गुल्मीका २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुममा ४ वटा घरेलु लैङ्गिक हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ४ महिनामा असोज महिनामा सबैभन्दा बढी २५८ वटा घटना भएका छन् भने श्रावणमा २१० वटा घरेलु लैङ्गिक हिंसाका घटना भएका छन् । त्यसैगरि कार्तिकमा १८४ र भाद्रमा १७१ वटा घटना दर्ता भएको लुम्बिनी प्रहरी प्रदेश कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेमा ४ महिनामा ७३६ जना महिला घरेलु लैङ्गिक हिंसाबाट पीडित बन्दा ८७ जना पुरुष पनि हिंसा पीडित भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेशमा पीडकहरुमा ६९६ पुरुष पीडकहरु अभियुक्त बनाईएका छन् भने महिला पीडकहरुको संख्या २४९ रहेको छ ।

घरेलु लैंङ्गिक हिंसाका अधिकांस उजुरीहरु मौखिक र ठाडो उजुरी आउने गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको ४ महिनामा ८२३ ठाडो उजुरी प्रहरी सम्म आएपनि कानुनी रितका साथ घरेलु हिंसाका १ थान मात्र मुद्दा दर्ता हुन पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : २० बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी