५ बैशाख २०८३, शनिबार | April 18, 2026

शनिबारदेखि प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता हुने



बुटवल । सौभाग्य युवा क्लबको आयोजनामा प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सिद्धेश्वर खेलमैदानमा शनिबारदेखि प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता २०७७ हुने भएको हो ।

बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष दीपक गुरुङले बताए । प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा ५ जना खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक चक्र बहादुर खड्काले बताए ।

प्रतियोगितामा पाल्पाको भ्याली एफसी, सराई एफसी, नवलपरासीको भैरव एफसी, रुपन्देहीको सयपत्री युवा क्लब, मजुवा एफसी, चरङे एफसी, जनज्योती क्लब डिङरनगर, सिद्धार्थ युवा क्लब भैरहवा, डि युनिटी खैरेनी, झरना स्पोटर्स क्लब, चादनी एफसी, फर्साटिकर युवा क्लब, सम्पुर्ण एफसी सुपौली, ढिकार एफसी देवदह, नवएकता युवा क्लब, राधाकृष्ण युवा क्लब, शिवनगर युवा क्लब, ठुठिपिपल एफसीसहित आयोजक सौभाग्य युवा क्लबका २ टिम समेत गरि २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्नेछन ।

प्रतियोगिताको प्रथम पुरस्कार राशी थैव परिवार र दोस्रो पुरस्कार शिवनगर सामुदायिक वनबाट सहयोग भएको प्रचार संयोजक कृष्ण कुमालले बताए ।

शनिबार उद्घाटन खेलमा सौभाग्य युवा क्लब बि ले भ्याली एफसी पाल्पासंग प्रतिस्प्रर्धा गर्ने छ । स्वर्गिय प्रचण्ड थैवका पुजनिय माता सुकन्या थैवले प्रतियोगिताको उद्घाटन गर्ने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब ९ लाख खर्च हुने अनुमान रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : २६ बजे

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध