२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलमा मिष्टर रामापिथेकस हुने



बुटवल । बुटवलमा मिष्टर रामापिथेकस शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

निरन्तर रुपमा बुटवल श्री अन्तर प्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको रुपन्देही जिल्ला शारीरिक सुगठन संघले यस बर्ष राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको हो ।

शुक्रबार भएको संघको बैठकले बुटवलमा भेटिएको आदिमानब रामापिथेकसको बंगरा भेटिएको ऐतिहासिकता तथा पृष्ठभूमि नेपालले अंग्रेजी सेनालाई घुडा टेकाउन सफल बुटवल जितगढी किल्ला महत्त्व थप उजागर हुने र खेलका मध्यमबाट सो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी २०७८ बैशाख महिनामा मिष्टर रामापिथेकस राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने निर्णय गरिएको संघका जिल्ला अध्यक्ष सितु प्रसाद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको अध्यक्षता बसेको सो बैठकमा प्रशिक्षक तथा निर्णायक केशव बहादुर शाक्य र रुपन्देही जिम व्यवसायी संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ लगायत रुपन्देहीका रहेका जिम संचालकहरु समेत उपस्थिति रहेको थियो ।

सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका शारीरिक सुगठनका खेलाडीहरुलाइ सम्मानित गर्ने समेत निर्णय गरिएको थियो ।

प्रतियोगिताका लागि देश बिदेशमा रहेका शारीरिक सुगठन प्रेमीहरु हातेमालोका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको संघका सचिव राज कुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : ५० बजे

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी