२७ श्रावण २०८३, बुधबार | August 12, 2026

बर्दिया र दाङका २ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका २ जना कोरोना संक्रमितको गयराती पनि बाँकेमा मृत्यु भएको छ । बर्दिया र दाङबाट उपचारका लागि बाँके आएका २ जना संक्रमितको एकजनाको भेरी अस्पताल र एक जनाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

कोभिड १९ संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेका अनुसार बर्दिया गुलरिया नगरपालिका -७ का ७२ वर्षीय पुरुषको गयराती २ः१५ बजे मृत्यु भएको छ भने दाङ तुलसीपुर उपमहानगरपालिका -१८ का ७० वर्षीय पुरुषको पनि आज बिहान ६ः४५ बजे मृत्यु भएको छ ।

बर्दियाका संक्रमित मंसिर ११ देखि नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत थिए । उनलाई प्लाज्मा, रेम्डिीशिबिर, अक्सिजन लगातको बिधिबाट उपचार गर्ने क्रममा मृत्यु भएको डीसीसीएमसी बाँके एवं स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । त्यसैगरि दाङ तुलसीपुर १८ का संक्रमित मंसिर १५ देखि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भई उपचाररत थिए । उनलाई पनि प्लाज्मा, रेम्डिशिबिर सहितको उपचार बिधि अपनाईएको तर बचाउन नसकिएको श्रेष्ठले बताए ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६१ पुगेको छ । बर्दियामा मात्र आज सम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ५९ बजे

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत-राहुघाट प्रसारण लाइन

धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा । यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय

विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस