२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

रोटरीमा लैङ्गिक हिसाको चर्चा



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५३ औं नियमित बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

कोभिड-१९ कारण नियमित बैठकलाई समयतालिका बनाएर भर्चुअल र भौतिक उपस्थिति गरि संचालन गर्दै आएको क्लबको शनिबार बैठकमा लैङ्गिक हिसाबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले १६ दिने लैङ्गिक हिसा बिरुद्धको अभियानलाई साथदिने रुपमा बैठकमा सहभागी बिच छलफल गरिएको बताए ।

लैङ्गिक हिसालाई सामान्यतया समाजमा महिलामाथि हुने हिसाका रुपमा व्याख्या गरिदै आएको भन्दै उनले समाजमा हुने सबेै किसिमका हिसा अन्त्यका लागि सबेैको पहल जरुरी रहेको बताए ।

समाजमा शान्ति कायम गराउने जिम्मेवारी पाएको प्रहरी सक्रिय भैदिए ठूलो उपलब्धि हासिल हुने उनले बताए । कार्यक्रममा क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, देविलाल भट्टराई, सचिव दिपक भट्टराई, सहसचिव अर्जुन आचार्यले हिसा एउटा घरबाट शुरु भएर समाजमा जाने भन्दै यसलाई रोक्न प्रहरी, प्रशासनबाट विशेष पहल जरुरी रहेको बताए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  २ : ४० बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे